जुम्ला। जुम्लाको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहीले १४ हजार ६५ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नरेश भण्डारीले ११ हजार १२३ मत प्राप्त गरे। शाहीले भण्डारीलाई २ हजार ९४२ मतान्तरले पराजित…