ढोरपाटन। बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि नगरपालिका–भर खोप अभियान चलाइएको छ। नौवटै वडाका १०–१९ वर्ष उमेर समूहका पाँच हजार ६५६ बालबालिका र किशोरकिशोरीलाई स्वास्थ्यकर्मीहरूले खोप लगाइसकेका छन्। ढोरपाटन नगरपालिका–७, ८ र ९ का गाउँमा सङ्क्रमण देखिएपछि फागुन २९ गतेदेखि चैत १ गतेसम्म अभियान सञ्चालन गरिएको थियो। छुटेका बालबालिकालाई चैत ५ गतेसम्म बुर्तिबाङ अस्पतालमार्फत…