बिरामी उपचारको भिडिओ सार्वजनिक गरेको आरोपमा डा. साहलाई मेडिकल काउन्सिलको स्पष्टीकरण माग

बुटवल । सामाजिक सञ्जालमा उपचारका भिडिओ सार्वजनिक गरेको विषयलाई लिएर रुपन्देहीका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुधीर प्रसाद साह विवादमा परेका छन्। नेपाल मेडिकल काउन्सिलले डा. साहलाई सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पत्राचार गरेको छ। काउन्सिलका अनुसार बिरामीहरूको उपचार प्रक्रिया देखिने भिडिओहरू टिकटक र फेसबुकमार्फत सार्वजनिक गरिएको भन्दै यो कार्य चिकित्सकीय आचारसंहिता विपरीत हुन सक्ने…

Logo