पछिल्लो समय नेपालको राजनीति तरल अवस्थाबाट गुज्रिरहेको छ। अब नेकपा त्यो नेकपा नै रहेन, जुन नेकपाले सरकार बनाएको हो। सरकार उही छ, प्रधानमन्त्री के पी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतको फैसलाले बदर गरिसक्यो। त्यति मात्रैले पुगेन, एमाले र माओवादी केन्द्रसमेत ब्युँतिएका छन्। दलको आन्तरिक विवादमा संसद् विघटन हुनु र उक्त मुद्दा अदालत पुग्नु नेपालको संसदीय…