घटना नं १-५ बैशाखको दिउसो १ बजे रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं १ पुर्निहवा गाऊँका २५ वर्षीय धर्मेन्द्र पासी (पासवान) सोही जिल्लाको मर्चबार क्षेत्रवाट सजिलै नेपाल छिरे । त्यसपछि उनलाई परिवारले मर्चबार आदर्श बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा लगेर राखे । त्यहीँबाट उनको कोरोना परीक्षणका लागि स्वाब संलन गरी केन्द्रीय प्रयोगशालामा पठाइयो । उनलाई कोरोना पोजेटिभ देखियो…