बास्ना र सौंन्दर्यको अर्को नाम हो फूल । शायदै होलान् फूल मन नपराउनेहरु । अनि थोरै होलान्, यसको महत्व नबुझ्नेहरु ।फूललाई नै केन्द्रित गरेर थुप्रै गीतकार र साहित्यकारहरुले आफ्ना श्रृजनाहरु पस्किएका विगतहरु छन् ,हामीसँग । अनि यसको वर्तमान पक्ष पनि कम सशक्त छैन । हिन्दु धर्ममा कुनै चार्डपर्व होस् वा धार्मिक उत्सव पहिले फूलकै खोजी…