काठमाडौँअख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन लगायत विभिन्न व्यक्तित्वसँग बयान लिने तयारी गरेको छ । अख्तियारले उपराष्ट्रपति पुनका छोरा दीपेश र अखिल क्रान्तिकारी नेता कैलाश मगर तथा उक्त प्रकरणमा मुछिएका एक दर्जन भन्दा बढी व्यक्तिसँग बयान लिन लागेको हो।आयोगले पाठकलाई घुस बुझाउने चाँगुनारायणस्थित नेपाल…