काठमाडौँनेपालीको महान पर्व दशैँ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको भन्दै त्यसको नियन्त्रण गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गरेका छन् ।उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबारको बैठकमा सांसदहरुले चाडबाडको मुखमा मूल्यवृद्धि नगर्न आग्रह गरेका हुन् । समितिका सभापति विमलप्रसाद श्रीवास्तवले चिनीको भाउ वृद्धि, बजार अनुगमनमा देखिएको कमजोरी, सहुलियत पसल सञ्चालन र कालोबजारीका…