विराटनगर ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले मुलुकलाई संघीयता धान्न गाह्रो पर्न सक्ने सम्भावना रहेको बताए ।प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महतले प्रदेशहरुलाई प्रशासनिक खर्च कम गर्न र स्रोतको खोजी गर्न सल्लाह दिए ।उनले पार्टी महासमितिको बैठक चाँडो बस्नुपर्ने र पार्टीको विधानलाई संशोधन गरी नयाँ संरचनानुरुप महाधिवेशन गर्नुपर्ने धारणा राखे…