काठमाडौं , २०, कात्तिकएमालेका केही बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमको क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका असन्तुष्टहरूले आइतबार उम्मेदवारी फिर्ता लिएका हुन् । नेता नेपालको निर्वाचन क्षेत्र काठमाडौं २ का बागी उम्मेदवार एलपी श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् । एमाले काठमाडौं जिल्ला सदस्य रहेका श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि पार्टी निर्णयको…