रसुवा, ११, कार्तिकगत हप्ता देखि बन्द रसुवागढी नाकाबाट हिजो देखि व्यावसायिक कारोबार सुरु भएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार अधिकृत भीम आङ्दम्बेका अनुसार सामान लिन केरुङ गएका नेपाली ट्रक कन्टेनर नेपाल प्रवेश गर्न थालेका छन् । हिजो मात्र स्याउ बोकेर आएका ४० कन्टेनर नेपाल भित्रिएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनलाई ध्यानमा राखी…