काठमाडौँ, ९, कात्तिक सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ अलगअलग मतपत्र छपाइको सुनिश्चितताको कार्य प्रगतिको तीन दिनभित्र लिखित जवाफ माग गरेको छ ।न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले हिजो अलग अलग मतपत्र छपाइको प्रगतिको तीन दिन भित्र लिखित जवाफ दिन निर्वाचन आयोगका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।‘गम्भीरतापूर्वक लिई विचार गर्ने नै हुँदा’…