सिरहा । केहिदिनको लगातार बर्षाले पुल बगाए पश्चात अप्ठ्यारोमा परेका स्थानियलाई सशस्त्र प्रहरीले बेलिब्रिज बनाईदिए पश्चात आवागमनमा सहज भएको छ ।सिरहा जिल्लाको सुखिपुर र बरियारपट्टी जोड्ने पक्कि पुलको किनारा भिषण वर्षाले बगाएर लगेपछि ५ दिनदेखि आवागमन ठप्प हुँदा स्थानियलाई स्वास्थ्य, खाद्यान्न, यातायात, विद्यालय आवतजावत लगायतका विविध किसिमको समस्या झेलिरहेका थिए ।स्थानियवासि सडक संजालबाट सम्पर्क टुट्दा…