कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले निकट केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ। बैठक दियालो फुडल्याण्ड बसुन्धरामा भइरहेको छ। पौडेलको सचिवालयका अनुसार बैठक साढे तीन बजेबाट सुरु भएको हो। महाधिवेशनबारे छलफल गर्न नेता पौडेलले शुक्रबार बैठक बेलाएका हुन्। कांग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि नेताहरुबीच दौडधुप सुरु भएको छ। १४औं महाधिवेशनमा फेरि सभापतिमाउम्मेदवारी दिने पौडेलको आकांक्षा छ।…