नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उच्च जातिय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भएको बताएका छन् । मंगलबार अग्रणी शहीद शुकदेव गुरुङ, शहीद घोषणा राष्ट्रिय जागरण अभियान अन्तर्गतको सर्वपक्षिय अन्तर संवाद तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाललाई निरंकुश शासनतिर फर्काएर उच्च जातिय अहंकारवादलाई स्थापित गर्ने षडयन्त्र भएको बताएका हुन्…