काठमाडौं ।संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएको छ । नेकपाभित्रै सरकारको आलोचना गर्दै सो अध्यादेश फिर्ता हुनुपर्ने माग उठेको छ ।मंगलबार मत्रिपरिषद्को बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेपछि नेकपाले विरोध गरेको हो ।अध्यादेश जारी…