काठमाडौं ।काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावमा जनतासमक्ष प्रतिबद्धता जनाएका केही परियोजनाहरु शुरु गर्न नसकेको स्वीकार गरेका छन् ।मेयर शाक्यले काठमाडौं महानगरपालिकाको आफ्नै भवन, चक्रपथमा मोनोरेल, तीनकुनेमा बनाउने भनिएको बुद्धपार्क, अन्तर्राष्ट्रिय स्तरको मेगा हल लगायतका परियोजना शुरु गर्न समेत नसकिएको बताए । कुराकानी गर्दै मेयर शाक्यले विभिन्न विवादका कारण परियोजनालाई अगाडि बढाउन नसकिएको बताएका हुन्…