काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि सर्वदलीय बैठक बोलाएका छन् ।समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गरिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । बैठक विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।देशभर राजावादीहरुको प्रदर्शन हुन थालेपछि उनले यस विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन्…