झापा ।नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी नीति, नेतृत्व र कार्यक्रम परिमार्जन गर्नुपर्ने बताएका छन् । झापाको चन्द्रगढीमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले काँग्रेसको १४ औँ महाधिवेशनमा आफ्नो तेस्रो वैचारिक धारको अलग्गै टिम कायम रहने बताए ।आगामी महाधिवेशनमा पार्टीको नेतृत्वबारे सञ्चारकर्मीले राखेको एक जिज्ञासामा उनले भने, “म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम आजै त्यागिदिनुस्…