काठमाडौं ।आगामी माघ ९ गते सम्पन्न हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यतालिका अनुसार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम विहिबार सकिएको छ ।उम्मेदवारले नाम फिर्ता लिने समय हिजो बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म निर्धारण गरिएकामा मनोनयनपत्र दर्ता गरेका कुनै पनि उम्मेदवारले आफ्नो नाम फिर्ता नलिएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार…