त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने युवाका लागि आवश्यक पर्ने आरटी–पिसिआर परीक्षणबापतको रकम अब रु एक हजार २०० मात्रै लिन पाइने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने नेपाली यात्रुबाट कोभिड–१९ परीक्षण गरेबापत लिइँदै आएको आरटी–पिसिआर परीक्षणको शुल्क घटेको हो। वैदेशिक रोजगारीमा जाने युवाले अनिवार्य गर्नुपर्ने उक्त परीक्षणको…