ललितपुर ।ललितपुर महानगरपालिका वडा नं १०, कुपण्डोल हाइटस्थित साता आकी पुस्तकालय पछाडि रोकिराखिएको रातो रङको प्रदेश ३–०२, ००८ प, २७६४ नंको स्कुटर सोमबार दिउँसो अज्ञात व्यक्तिले आगो लगाइदिएको छ ।आफ्नो ससुराको वार्षिक पुण्यतिथिको निम्ता दिन त्यस स्थानमा पुगेकी समिता मगियाको स्कुटर रोकेर गएको करिब २० मिनेटमा आगो लगाइएको हो । स्कुटरमा लगाइएको आगो स्थानीयको सहयोगमा…