काभ्रे ।पनौती नगरपालिका–९ जाइडोलस्थित जागेश्वरी इँटा उद्योगको पोखरीमा डुबेर शनिबार अपराह्न एक बालिकाको मत्यु भएको छ । उद्योगले शौचालय बनाउन खनेको खाडलमा जमेको पानीमा डुबेर स्थानीय सुमन तामाङको २२ महिनाकी छोरी कृष्टिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।घरदेखि करीब ३०० मिटरको दूरीमा साथीसँग खेल्ने क्रममा नजिकै रहेको उद्योगको पोखरीमा लडेर डुब्दा कृष्टिनाको मृत्यु भएको इलाका…