बाजुरा । १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका ८ का ४७ वर्षीय दलबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।घर नजिकैको भैँसीको गोठमा भैँसीलाई दिउँसो घाँस र पानी खुवाउन गएको समयमा मुख छोपेर बालिकामाथि बलात्कार गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख गरिएको छ ।…