डिफेन्डर दिनेश राजवंशीको निर्णायक गोलमा कीर्तिमानी आठौं पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक "ए" डिभिजन लिगमा विजयी सुरुआत गरेको छ। आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा ललितपुरको जावलाखेल यूथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुवात गरेको हो। मनाङको लागि एक मात्रै गोल दिनेशले खेलको ५७ औं मिनेटमा गरे। राष्ट्रिय…