युईएफए च्याम्पियन्सलिग अन्तर्गत समूह ‘ए’ को खेलमा म्यानचेस्टर सिटीले जीत हात पार्दा पेरिस सेण्ड जर्मेन (पीएसजी) भने बराबरीमा रोकिएको छ। बुधबार राति भएको फरक खेलमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले बेल्जियम शीर्ष क्लब ब्रगलाई ४–१ गोल अन्तरले पराजित गर्दै शीर्षस्थानमा पुगेको हो। घरेलु मैदान इतिहादमा सिटीलाई जीत दिलाउन फिल फोडेन, रियाद माहरेज, रहिम स्टर्लिङ र…