नेपालले एएफसी यू-२३ एसियन कप छनोटको दोस्रो खेलमा आज बिहीबार घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। बिहीबार रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टोली ताजकिस्तानसँग नेपाली समय अनुसार राति पौने ८ बजे खेल्नेछ। पहिलो खेलमा बलियो इरानसँग ४–० गोल अन्तरले पराजित नेपाल घरेलु टिमविरुद्ध पहिलो जीत र अंकको खोजीमा छ। इरानविरुद्धको खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल…