नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण रोकिने भएको छ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएपछि नेपालले टिमको तयारी रोक्ने भएको हो। स्पेनमा तय भएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको सिरिज २०२२ को जुलाईसम्मका लागि स्थगित भएको थियो। आईसीसीले कोरोना महामारीका कारण सिरिज स्थगित गरिएको जनाएको छ। क्यानका म्यानेजर विनोद…