युरोकप २०२० को समूह चरण अन्तर्गत नेपाली समय अनुसार आज राति १२ः४५ मा नेदरल्याण्ड्स र युक्रेन भिड्दैछन्। नेदरल्याण्ड्सको राजधानी एम्स्टरडामस्थित योहान क्रौफ एरिनामा हुन गइरहेको म्याच ‘समूह सी’ को दोस्रो म्याच हो। ‘समूह सी’ कै अस्ट्रिया र म्यासेडोनिया पनि आज राति ९ः४५ मा भिड्दैछन्। युरोकपको आयोजक युएफाले राखेको अनलाइन पोलमा दिउँसो ३ बजेसम्ममा नेदरल्याण्ड्सले जित्छ…