दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना कोलम्वियासँग बराबरीमा खेल्दै अंक बाडेकाे छ । अर्जेन्टिनाले २–० को अग्रता लिए पनि जोगाउन नसक्दा घरेलु टोली कोलम्वियासँग २–२ गोलको बराबरीमा रोकिएको हो । बुधबार बिहान भएको खेलको तेस्रो मिनेटमा नै क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । आठौं मिनेटमा निकोलस गोन्जालेजको पासमा लियान्द्रो ड्यानियल पारेडेसले गोल गर्दै अर्जेन्टिनाको अग्रता…