काठमाडौं । लण्डनको फुटबल क्लब चेल्सीको नयाँ प्रशिक्षकमा फ्रांक लाम्पार्ड नियुक्त भएका छन् । चेल्सीले आफ्नै पूर्व खेलाडी लाम्पार्डलाई नयाँ प्रशिक्षक नियुक्त गरेको हो । उनी ३ वर्षको लागि चेल्सीको टोलीलाई प्रशिक्षण गर्न पाउनेछन् ।४१ वर्षीय लाम्पार्ड च्याम्पियनसिप क्लब डर्वी काउन्टी छाडेर आफ्नै पूर्व क्लबमा प्रशिक्षकको रुपमा फर्किएका हुन्। उनले अब माउरिजिओ सारीको स्थान लिनेछन्।…