काठमाडौं,आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा शुक्रबार भएको खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाले नौ विकेटले पराजित गरेको छ । हारसँगै श्रीलंका विश्वकपबाट बाहिरिने सम्भावना छ । दक्षिण अफ्रिकाको भने यो दोस्रो जित हो ।टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै २०३ रन मात्र बनाएको थियो । खराब सुरुवात गरेको श्रीलंकाले पहिलो ओभरको…