गण्डकी । १९औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आगामी फागुन ३ गते हुने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले पत्रकार भेटघाटमार्फत उक्त जानकारी दिएको हो । यो संस्करणमा २१ किमिको पुरुष म्याराथन थपिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए । विसं २०५८ मा स्थापित उक्त संस्थाले बर्सेनि अन्तरराष्ट्रियस्तरको म्याराथन प्रतियोगिता गर्दै आएको छ…