काठमाडौं । क्रिकेटर दिपेन्द्र सिंह ऐरी पुरुष टी-२० मा अलराउण्डरको आइसीसी वरियतामा छैटौं स्थानमा उक्लिएका छन्। आइसीसीले हालै सार्वजनिक गरेको नयाँ वरीयतामा दिपेन्द्रले तीन स्थानको सुधार गर्दै छैटौं स्थानमा उक्लिएका हुन्। दिपेन्द्रले हालै टी-२० विश्वकपमा राम्रो खेल प्रदर्शन गरेपछि उनको वरीयतामा सुधार भएको हो। टी-२० को अलराउन्डर वरीयताको शीर्ष स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस रहेका छन्।…