काठमाडौं। अफ्रिका कप अफ नेसन्स २०२५ को उपाधि खोसिएको विषयमा सेनेगल सरकारले आपत्ति जनाउँदै अन्तर्राष्ट्रिय स्तरमा स्वतन्त्र छानबिनको माग गरेको छ । अफ्रिकी फुटबल महासंघ (सीएएफ) ले फाइनलको नतिजा उल्ट्याएर मोरक्कोलाई ३–० को जितसहित उपाधि दिएको निर्णयपछि विवाद गहिरिएको हो । सेनेगलले उक्त निर्णयलाई ‘अन्यायपूर्ण’ भन्दै अस्वीकार गरेको छ । यसअघि जनवरीमा भएको फाइनलमा सेनेगलले…