भोजपुर। रङ्गशाला निर्माणसँगै भोजपुरमा खेल गतिविधि बढेको छ। भोजपुर नगरपालिका–७ कोदारमा रङ्गशाला निर्माण गरिएपछि खेल क्षेत्रको पूर्वाधार विस्तार भएको छ। संघीय प्रणालीपछि भोजपुरमा राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिएको हो। पाँच हजार दर्शक अट्न सक्ने क्षमताको रङ्गशाला कोशी प्रदेश सरकारको रु १४ करोड पाँच लाखको लागतमा निर्माण गरिएको छ। करिब सात हजार वर्गमिटर क्षेत्रफलमा संरचना निर्माण गरिएको…