कप्तान सुर्यकुमार यादवको उत्कृष्ट ब्याटिङको सहयोगमा भारतले पहिलो टि-२० आई खेलमा अष्ट्रेलियामाथि २ विकेटको रोमान्चक जित हात पारेको छ। योसँगै पाँच टि-२० आई सिरिजमा भारतले १-० ओ अग्रता लिएको छ। जितको लागि २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको भारतले १९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो। भारतको जितमा सुर्यकुमार यादवले ४२ बलमा ९ चौका…