काठमाडौं। राष्ट्रिय महिला भलिबलको चर्चित ‘नवौं शेरबहादुर खड्का स्मृति प्रतियोगिता’ पुस २३ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने प्रतियोगितामा विभागीय र क्लब गरी पाँच टोलीको सहभागिता रहनेछ। पुलिस, आर्मी र एपीएफसँगै न्यु डायमन्ड र एभरेष्ट भलिबल क्लब उपाधिका लागि भिड्नेछन्। केएनपी नेरोलेकको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा १३ लाख रुपैयाँ पुरस्कार राशि…