दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२३ मा लगातार तेस्रो हार व्यहोरेको छ । शनिबार भएको पहिलो खेलमा दिल्ली राजस्थान रोयल्ससँग ५८ रनले पराजित भएको हो । गुवाहाटीमा राजस्थानले जितका लागि दिएको २०० रनको विशाल लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रनमा समेटिएको हो । पहिलो ओभरमै २ विकेट गुमाएको दिल्लीका लागि…