स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना गिरोनासँग बराबरीमा रोकिएको छ। सोमबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गिरोनासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि १५ अंकको अग्रता बनाउने अवसर गुमायो । शनिबार रियल मड्रिड भियारियालसँग ३-२ ले पराजित भएपछि बार्सिलोना फाइदा पुगेको थियो । तर जाभीको टिमले…