जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखका मुख्य प्रशिक्षक युलियन नागेल्समन बर्खास्तीमा परेका छन् । पछिल्लोपटक बायर लेभरकुसेनसँग २-१ ले पराजित भएको खेलमा ३५ वर्षीय नागेल्समनले बायर्नको प्रशिक्षण गरेका थिए। लेभरकुसेनसँग पराजित भएपछि बायर्नले शीर्ष स्थान गुमाएको थियो भने बोरुसिया डर्टमन्ड शीर्ष स्थानमा उक्लिन पाएको थियो। नागेल्समनले सन् २०२१ देखी बायर्नको प्रशिक्षण सम्हाल्दै आएका थिए। उनको प्रशिक्षणमा बायर्नले…