इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा विभागीय क्लब एपीएफले विजयी सुरुआत गरेको छ । शनिबार बिहान भएको पहिलो खेलमा एपीएफले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको सामान्य ५२ रनको लक्ष्य ८.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो । एपीएफको जीतमा कप्तान सिता रानामगरले १९ रनको नटआउट पारि…