काठमाडौं ।नेपालमा विभिन्न सेवाप्रदायकमार्फत दिइएको इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या दुई करोड पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले गत साता सार्वजनिक गरेको एक तथ्यांक अनुसार हालसम्म नेपालमा सिमकार्ड तथा टेलिफोन प्रयोगकर्ता चार करोड २२ लाख ८६ हजार नौ सय छ ।मोबाइल सिमकार्ड प्रयोगकर्ता मध्ये करिब ७५ प्रतिशत मात्रै सक्रिय रहेको अनुमान प्राधिकरणको छ। यस अनुसार…