गण्डकी। पोखरा गुफाहरूको सहरका रूपमा चिनिँदै आएको छ। महेन्द्र, चमेरे र गुप्तेश्वर महादेव गुफापछि पोखरा–३३ भरतपोखरीको तिक्लाङस्थित ‘सुन गुफा’ नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदैछ। करिब डेढ किलोमिटर लामो अनुमान गरिएको गुफा तिक्लाङ खेलमैदानदेखि सेती नदीतर्फको चुने पहरोसम्म फैलिएको छ। स्थानीयवासीले लामो समयदेखि गुफाबारे जानकारी राखे पनि पछिल्ला वर्षमा मात्र यसको पर्यटकीय उपयोगतर्फ चासो बढेको…