रवि लामिछानेले विक्रम सम्बत् २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएका थिए । पछि उनी अमेरिका पुगेर अमेरिकाको नागरिकता लिएका थिए । अमेरिकी नागरिक बन्ने प्रक्रिया पूरा गरेपछि रविले २०७० फागुन २१ मा राहदानी लिएका थिए । अमेरिकी नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहने कानुनी व्यवस्था छ । अमेरिकी राहदानी प्रयोग गरेर उनी गैरपर्यटक भिसामा पहिलो…