काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन्द्र शाह अर्थात बालेन चर्चाको चुलीमै छन् । निर्वाचनमा शानदार जित निकालेका बालेनबाट परिवर्तनको अपेक्षा गरेका मतदाताले पछिल्लो समय उनको आलोचना गरिरहेका छन् । हिजोआज कामको सुरुवात गर्ने अनि अलपत्र छाड्ने प्रवृत्ति कायम राखेको भन्दै शाहविरुद्ध आवाज उठ्न थालेको छ । आफूविरुद्ध आवाज उठ्न थालेपछि बालेन ठाउँको ठाउँ प्रतिकारमा उत्रिन थालेका…