अमेजन कम्पनीका संस्थापक जेफ बेजोससँग सम्बन्धविच्छेद गरेपछि मक्केन्जी बेजोस विश्वकी तेस्री धनी महिला बनेकी छन्।धनी महिलाको सूचीमा लोरिआल ब्रान्डकी उत्तराधिकारी फ्राँस्वाज बेताँकूर मायर्स पहिलो स्थानमा छिन् भने दोस्रो स्थानमा वालमार्टको संस्थापककी छोरी एलिस वाल्टन छिन्।मक्केन्जी ३५ बिलियन अमेरिकी डलर अर्थात् झन्डै ३८ खर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्ती लिएर सम्बन्ध बिच्छेद गरेकी थिइन्। मक्केन्जी बेजोससँग एमेजन…