ढोरपाटन। बागलुङ क्षेत्र नं २ मा आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। क्षेत्र भौगोलिक रूपमा विकट भए पनि उम्मेदवारहरू मतदाता भेटघाट र प्रचारप्रसारमा व्यस्त छन्। यस क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित १२ दलका उम्मेदवार होमिएका छन्। कांग्रेसका टेकराज पौडेल, एमालेकी मञ्जु…