काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापाले मतदाताको गोपनीयता उल्लङ्घन हुनसक्ने घटनाबारे सचेत गराएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन हुनसक्ने अनलाइन गतिविधिप्रति चेतावनी दिएको छ । कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ,‘फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चार माध्यमले सर्वसाधारण तथ मतदाताहरूसँग के कुन दल वा उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ…