काठमाडौं। सन् २०२५ को डिसेम्बरमा युरोपेली संघमा एउटा ऐतिहासिक मोड देखिएको छ, जहाँ पहिलोपटक पेट्रोलियम पदार्थबाट चल्ने कारभन्दा विद्युतीय कारको बिक्री बढी भएको छ । युरोपेली संघले पेट्रोल–डिजेल सवारीमाथि प्रस्तावित २०३५ को प्रतिबन्ध खुकुलो बनाउने संकेत दिइरहेका बेला बजारले भने ठीक उल्टो दिशामा कदम चालेको देखिएको छ। युरोपेली अटोमोबाइल उद्योग सङ्घ (एसीईए) का अनुसार डिसेम्बर…